चितवन, असोज ६ । मानवअधिकारको क्षेत्रमा काम गर्दे आएको एम्नेस्टी इन्टरनेसनल नेपालको २७औं साधारणसभा चितवनको रत्ननगरमा सुरु भएको छ ।
साधारणसभाको शनिबार पूर्वप्रधान्यायाधीश कल्याण श्रेष्ठले उद्घाटन गरे ।
कार्यक्रमको उद्घाटन गर्दै श्रेष्ठले मानवअधिकारको संरक्षणका लागि विश्वव्यापीरुपमा नै विभिन्न संरचना बने पनि उल्लंघनका घटना बढेकामा चिन्ता व्यक्त गरे ।
साधारणसभा तथा चुनावी अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।
साधारणसभामा देशभरका ७० ओटा समूहका १४० जना प्रतिनिधिको सहभागिता रहेको छ ।
कार्यक्रममा धेरै सदस्य संख्या बनाएको भन्दै समूह ८९ को टीकापुर समूह र संस्थाको अभियानअनुसार काम गरेको भन्दै समूह ५४ को पोखरालाई सम्मान गरिएको थियो ।
संस्थाको नेतृत्वका लागि यशोधा उपाध्याय, बिक्रम धुकुछु र उत्तम सापकोटा चुनावी मैदानमा छन् ।
अधिवेशन सोमबारसम्म चल्ने जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्