Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


प्रलोपाको राजनीतिक प्रतिबद्धता सार्वजनिक (पूर्णपाठसहित)


351
Shares

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले आफ्नो राजनीतिक प्रतिबद्धता सार्वजनिक गरेको छ।

काठमाडाैंमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बाेधन नेता जनार्दन शर्माले पार्टीको संक्षिप्त प्रतिबद्धता सार्वजनिक गर्नुभएकाे हाे। ‘नेपाली माटो हाम्रो बाटो’ नारा बोकेको पार्टीले शुरुमै आत्मालोचना र स्वघोषणा गरेको छ । ‘विगतका कमीकमजोरीप्रति आत्मालोचित हुँदै आगामी दिनमा कमजोरी नगर्ने स्वघोषणा गर्दछौं’ प्रतिबद्धतामा भनिएको छ।

पार्टीले राजनीतिक पुनर्संरचना गर्ने, आर्थिक पुनर्संरचना गर्ने, नीति र प्रणालीगत पुनर्संरचना गर्ने प्रतिबद्धता जनाएको छ । त्यसका लागि पुनर्जागरण आन्दोलन गर्ने, भ्रष्टाचारविरुद्ध महाअभियान सञ्चालन गर्ने, प्रविधिको विकास र प्रयोग गर्ने लक्ष्य लिइएको छ। पार्टीको चरित्र समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद हुने स्पष्ट गरिएको छ। त्यस्तै, पार्टीको मार्गदर्शक सिद्धान्त समाज विकासको नविनतम् सिद्धान्त अनुरूपको नेपाली समाजवाद रहने उल्लेख गरिएकाे हाे।

प्रलोपाको राजनीतिक प्रतिबद्धता सार्वजनिक पूर्णपाठ: