Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


पार्टीभित्रका मठाधीशलाई धुप-बत्ती गर्न छाेडेर प्रगतिशिल पार्टी निर्माणमा लागेका छौं: नेता शर्मा


104
Shares

काठमाडाैं। प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाेडेर प्रगतिशिल पार्टी निर्माणमा लागेको बताउनुभएको छ।

काठमाडाैंमा आइतबार साेही पार्टीको घोषणा सभालाई सम्बाेधन गर्दै उहाँले पार्टीभित्रका मठाधीशहरुलाई धुपबत्ती गर्न छाेडेर पार्टी निर्माणमा लागेको बताउनुभएको हो। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीचको एकता प्रक्रियाबाट बाहिरिएका नेता शर्माले प्रगतिशिल अभियान चलाउनुभएको थियो। उहाँले सामन्तवादको शासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणमा सहभागीहरु अब नयाँ प्रक्रियामा सक्रिय भएको बताउनुभयो।

नेता शर्मा नेतृत्वको प्रगतिशिल राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकता भएको छ।