काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टीकाे अभिभावकीय भूमिकामा रहनुभएकाे छ।
काठमाडौंमा आइतबार एक कार्यक्रमकाबीच भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्त), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गर्नुभएका सन्तोष परियारबीचको एकतापछि सोही नयाँ पार्टी घोषणा गरिएको हो। कार्यक्रममा सोही पार्टीको नाम पूर्वप्रधानमन्त्री भट्टराईले औपचारिक रुपमा घोषणा गर्नुभएको थियो। पार्टीमा १ सय ५१ जना केन्द्रीय सदस्यहरु रहने भउका छन् । नेतृ दुर्गा सोवको नाममा सोही पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको छ।
प्रगतिशील समाजवाद मार्गदर्शक सिद्धान्त सोही पार्टीको रहेको र त्यसको चुनाव चिन्ह आँखा राखिएको छ। पार्टीको नेतृत्व समावेशी र सामूहिक भावका साथ अघि बढ्ने नेता सन्तोष परियारले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्