Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी


0
Shares

काठमाडाैं । एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाले रातो रङ छ्यापेका छन् ।

नेता बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा प्रहरी भ्यान पछिपछि गुडिरहेको उनी सवार कारमा एक युवक सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका हुन् ।

नेता बस्नेतले विराटनगरबाट सुनसरी जाने क्रममा २ जना युवाहरुले आफूहरु चढेको गाडीमा बेलुनमा रङ भरेर छ्यापेको बताएका छन् ।

बस्नेत विराटनगर पुग्दा एक १७ वर्षे युवाले उनको गाडीमा रातो रङ्ग फ्याकेको प्रहरीले जनाएकाे छ । केही दिनअघि बस्नेत सिमरा जान खोज्दा समेत अवरोध भएको थियो ।