Logo ७ मंसिर २०८२, आइतबार | Sun Nov 23 2025


प्रतितोला २९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


0
Shares

काठमाडौँ ।

नेपाली बजारमा आइतबार सुनको मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा २ हजार ९०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै शुक्रबार तोलामा ३ हजार १०० रुपैयाँ कायम भएको चाँदीको मूल्य बढेर तोलामा ३ हजार १३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।