काठमाडौं ।
घास काट्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ ।
मत्यु हुनेमा दोलखाको विगु गाउँपालिका–१, पञ्चायति स्थायी घर भएका ४५ वर्षीय गोपाल तामाङको घास काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
शनिबार दिउँसो सामुदायिक वन क्षेत्रमा घास काट्ने क्रममा तामाङ्ग लडेको खबर पाउन साथ उद्धारका लागि नेपाली सेनाको टोलि खटिएको थियो ।
उक्त टोलीले घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी मृतकको शव नेपाल प्रहरीको रोहवरमा परिवारलाई बुझाइएको गरुड दल दोलखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्