Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


झापामा करेन्ट लागेर एक जनाको मृत्यु


130
Shares

झापा ।

माछा मार्न गएका बेला करेन्ट लागेर झापाको गौरादह नगरपालिका–६, आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको मृत्यु भएको छ ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा ताजपुरियाको ज्यान गएको हो ।

आफ्ना श्रीमान् करेन्ट लागेर खोलामा ढलेको भन्दै उनकी पत्नी फूलकुमारीले तत्काल स्थानीय र प्रहरीलाई खबर गरेकी थिइन् ।