Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पेरिसडाँडामा जेनजी–नेकपा संवाद कार्यक्रम सुरु


949
Shares

काठमाडौं ।

जेनजीसँगको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संवाद कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।

केही बेर अघि सुरु भएको कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, जगन्नाथ खतिवडालगायत शीर्ष नेताहरू सहभागी छन्।

वाइसीएल नेपालको आयोजनामा भएको कार्यक्रममा संयोजक प्रचण्डले जेनजीसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, युवापुस्तीसँगको सम्बन्ध र आगामी दिशाबारे धारणा राख्ने जनाइएको छ।