काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको हो ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । अर्धशतक बनाउन एक रनले चुकेका रोहितले ४३ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
अन्तिममा आक्रामक ब्याटिङ गरेका रुबेन ट्रम्पेलमनले १४ बलमा एक चौका र तीन छक्कासहित २९ रन थपे । जेजे स्मिथले १४ बलमा दुई चौका र एक छक्कासहित २३ र डी‘एर्सी शर्टले १४ बलमा १९ रन जोडे । लुम्बिनीका अरु ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
लुम्बिनीविरुद्ध कर्णालीले सात बलर प्रयोग गर्यो । जसमा कप्तान नन्दन यादवले दुई विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो, गुल्सन झा, मार्क वाट, विपीन शर्मा र युवराज खत्रीले समान दुई विकेट लिए । प्रतियोगितामा दुवै टिमको यो दोस्रा खेल हो ।




प्रतिक्रिया दिनुहोस्