काठमाडौं ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स कर्णाली याक्सबीचको खेल सुरु हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार बिहान सवा ११ बजेदेखि खेल सुरु हुनेछ। खेलमा कर्णालीले पहिले बलिङ गर्ने भएको छ। कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो।
कर्णालीले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजय भोगेको थियो भने लुम्बिनीले त्यही चितवनलाई ६ विकेटले हराउँदै प्रतियोगिता जितबाट सुरुआत गरेको थियो।
आजको खेलमा कर्णालीका कप्तान सोमपाल कामीले अर्जुन घर्ती, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाललाई प्लेइङ-११ मा समावेश गरेका छन्।
त्यस्तै, लुम्बिनीका कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, समीर अली, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, जेजे स्मित र ड्याक्री शर्ट आजको खेलमा उत्रिँदै छन्।




प्रतिक्रिया दिनुहोस्