Logo ६ मंसिर २०८२, शनिबार | Sat Nov 22 2025


चितवनमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, दुई जना घाइते


0
Shares

काठमाडौं । चितवनको माडी नगरपालिका–१ गर्दीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शनिबार बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसको ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पैदलयात्रीलाई ठक्कर दिएपछि बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् ।

घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।