Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


काठमाडौंमा आज एमालेको वृहत जनप्रदर्शन


728
Shares

काठमाडौं ।

नेकपा एमालेले आज राजधानी काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने भएको छ।

एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डप क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन तथा सभा हुने पार्टीले जानकारी दिएको छ।

एमालेले प्रतिनिधिसभा विघटनका विरुद्ध र सुशीला कार्की नेतृत्वमा बनेको सरकार असंवैधानिक भएको आरोप लगाउँदै विरोध कार्यक्रम गर्दै आएको छ।

यसअघिको चरणमा कात्तिक २२ गते वडास्तरीय भेला, २५ गते पालिकास्तरीय र २९ गते जिल्लास्तरीय प्रदर्शन सम्पन्न गरेको थियो।

यस्तै, एमालेले मंसिर ५ गते सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’ गठन गरेको घोषणा गरेको छ।