Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


घोषित मितिमै आगामी निर्वाचन हुन्छ: मन्त्री घिसिङ


208
Shares

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएकाे छ।

जनकपुरधाममा शुक्रबार संचारकरमीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सरकार प्रतिबद्ध भएर आगामी निर्वाचनको तयारीमा लागेकाले ढुक्क रहन सबैलाई उहाँले आग्रह गर्नुभयाे। उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको आफूले पाएको उहाँकाे दावी छ।

मन्त्री घिसिङले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउन आवश्यक परे सेना परिचालन गर्न सकिने उल्लेख गर्नुभएकाे हाे। सामान्य विवादले निर्वाचन हुँदैन कि भनेर नसोच्न सबैलाई उहााले अपील गर्नुभयाे। सीताराम विवाहपञ्चमी महोत्सवको तयारी र जानकी मन्दिरमा दर्शनका लागि जनकपुरम पुगेका मन्त्री घिसिङलाई जानकी मन्दिरका उक्तराधकिारी महन्थ रामरोशन दास वैष्णवले स्वागतसहित जानकारी गराएका थिए।