Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


बंगलादेशमा भूकम्पमा परी ६ जनाकाे मृत्यु, दर्जनाैं घाइते


702
Shares

एजेन्सी। मध्य बंगलादेशमा ५ दशमलव ५ म्याग्निच्यूडको भूकम्प गएकाे छ।

साेही भूकम्पमा परी शुक्रबार ६ जनाको मृत्यु भएकाे हाे। दर्जनौं नागरिक घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाका अधिकांश भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासीन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए।

भूकम्प स्थानीय समयानुसार शुक्रबार बिहान १० बजेर ३८ मिनेट जाँदा ढाकाबाट करिब २५ किलोमिटर (१६ माइल) टाढा रहेको नरसिङ्गडी जिल्लाको घोरसाल क्षेत्रमा गएको हो। यूएस जियोलोजिकल सर्वे (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रमुनि करिब १० किलोमिटर (६ माइल) गहिराइमा रहेको थियो।