Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


पाकिस्तानमा रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु, दर्जनाैं घाइते


182
Shares

एजेन्सी। पाकिस्तानमा एक रासायनिक कारखानामा विस्फोट हुँदा १५ जनाको मृत्यु भएकाे छ।

पूर्वीपञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको साेही कारखानामा शुक्रबार भएकाे विस्फाेटमा परी अन्य धेरै घाइते भएको प्रहरीले बताएको हाे। औद्योगिक शहर फैसलाबादमा स्थानीय समय अनुसार शुक्रबार बिहान साढे ५ बजे विस्फोट भएको थियो।

विस्फटले ठूलो आगलागी निम्त्याउँदा कारखाना नजिकैको अन्य सुविधामा फैलिएको प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ। अग्निनियन्त्रक तथा दमकलकर्मीहरूको सयुक्त नियन्त्रण प्रयासले आगो नजिकैका अन्य घरहरूमा पुग्नबाट रोकेको पनि सिन्ह्वाले उदृत गरेको हाे।