Logo ५ मंसिर २०८२, शुक्रबार | Fri Nov 21 2025


अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा युक्रेनमा शान्ति स्थापना गर्न २८ बुँदे योजना सार्वजनिक (२८ बुँदे याेजनासहित)


0
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा शान्ति स्थापनाका लागि २८ बुँदे योजना सार्वजनिक गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पले २८–बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुटहरू प्रदान गर्नुपर्ने प्रावधान रहेको बताउनुभएकाे हाे। सोही योजना अनुसार रुसलाई पुनः जी–८ मा फर्काइने र विभिन्न प्रतिबन्धहरू चरणबद्ध रूपमा हटाइने उहाँकाे तर्क छ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेविटका अनुसार राष्ट्रपति ट्रम्पका विशेष दूत स्टिभ विटकफ तथा विदेशमन्त्री मार्को रुबियोले करिब एक महिनादेखि यस योजनामा ‘शान्त तर सक्रिय’ रूपमा कार्य गर्दै आएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफूले ‘छुट्टै संवादमार्फत’ आगामी दिनमा राष्ट्रपति ट्रम्पसँग योजनाकाे बारेमा छलफल गर्ने अपेक्षा व्यक्त गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पका २८ बुँदा तल उल्लेख गरिएकाे छ: