Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


आगामी निर्वाचन अघि महाधिवेशन नभए चुनाव नलड्ने कांग्रेस महामन्त्रीद्वय थापा र शर्माकाे चेतावनी

निर्वाचन पछि मात्रै महाधिवेशन गर्ने संस्ठापन पक्षकाे अडान कायमै

988
Shares

काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी फागुन २१ गतेको निर्वाचन अघि पार्टीले महाधिवेशन नगरे आफूहरू चुनाव नलड्ने चेतावनी दिएका छन् ।

सभापति शेरबहादुर देउवानिकट २८ जना केन्द्रीय सदस्यहरूसँग शुक्रबार भएको छलफलका क्रममा महामन्त्रीद्वय थापा र शर्माले चुनाव अघि नियमित वा विशेष जुन महाधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिएका हुन्। महामन्त्रीद्वयले चुनावअघि महाधिवेशन भएन भने आफूहरु चुनाव नलड्ने जानकारी गराएकाे छलफलमा सहभागी एक नेताले बताएका छन् ।

सभापति देउवानिकट २८ जना केन्द्रीय सदस्यले पनि चुनावअघि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्। उनीहरूले सभापति देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र दुवै महामन्त्रीसँग नियमित महाधिवेशन कार्यतालिका ल्याउन आग्रह गरेका हुन्। चुनावअघि महाधिवेशन गर्नुपर्ने पक्षमा सभापति देउवानिकट २८ जना केन्द्रीय सदस्यहरुपनि उभिएका छन्।

कांग्रेसमा चुनावअघि महाधिवेशन गर्ने कि पछि नियमित गर्ने कि विशेष भन्ने विवाद झनै चर्किंदै गएकाे छ। यसकाे बारेमा निर्णय गर्न शनिबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने भएकाे हाे। सभापति देउवा पक्षका केही पदाधिकारी र केही पूर्वपदाधिकारी चुनावपछि आगामी वैशाखमा मात्रै १५ औं महाधिवेशन गर्ने पक्षमा उभिएका छन् ।