काठमाडाैं । गत २३ गते जेनजी युवाकाे आन्दोलन क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा भएका छन्।
सरकारले जेनजी आन्दोलनको मर्म अनुसारकाम नगरेको भन्दै उनीहरू शुक्रबार बिहान १० बजेदेखि माइतीघर मण्डलमा जम्मा भएका हुन्। घटना भएको साढे २ महिना भइसक्यो। सरकारले कसैलाई कारबाही गर्न नसकेको घाइते समूहका संयोजक मदन कार्कीकाे गुनासाे छ। उल्टै जेनजी युवालाई अपराधिको जस्तो व्यवहार गरिरहेको उनकाे तर्क थियाे।
जेनजीहरूको मागलाई सम्बोधन गर्न छाेडेर सरकारले पुरानै दल र तिनका नेताहरूलाई सहयोग गरिरहेकाले त्यसको विरोध गर्नका लागि भेला भएको उनले बताएका छन्। शुक्रबार नै नेकपा एमालेले नेसनल भोलिन्टियर फोर्स घोषणा कार्यक्रम राखेको छ। एमालेले माइतीघरमै रहेको कार्की ब्यांक्वेटमा भोलिन्टियर फोर्स घोषणा कार्यक्रम आयोजना गरेको हाे।
साेही कार्यक्रमको विरोधका लागि पनि आफूहरू माइतीघरमा उपस्थित भएको संयोजक कार्कीले बताएका छन्। नीहरू माइतीघरमा जम्मा भएर घाइतेको वर्गीकरणका लागि ट्रमा सेन्टर समेत जाने उनकाे भनाइ छ। जिल्ला प्रहरी परिसर काठमाडौंले घाइतेहरू ट्रमा सेन्टर जान लागेको जनाएकाे हाे।
ट्रमामा प्रमाणिकरणको लागि जाने उनीहरुकाे तयारी रहेकाे प्रहरीले बताएकाे छ।




प्रतिक्रिया दिनुहोस्