Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स विजयी

चितवन राइनोज भने ६ विकेटले पराजित

351
Shares

काठमाडौं । दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ सम्पन्न भएकाे खेलमा चितवनले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गरेकाे हाे। लुम्बिनीका लागि गुल्बादिन नइबले सर्वाधिक अविजित ४४ रन बनाएका थिए । उनले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका हुन्। कप्तान रोहित पौडेल ३९, सन्दीप जोराले २८, डार्सी सर्ट ११, दीलिप नाथ १० रनमा आउट भएका थिए । जेजे स्मित ४ रनमा अविजित रहेका हुन् । बलिङमा चितवनका रिजन ढकालले २ र सोहिल तन्विरले एक विकेट लिएका थिए।

त्यस अघि साेही मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रन बनाएका थिए । उनले ५५ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्। कप्तान कुशल मल्ल २१, सैफ जैब १५, दीपक बोहरा १०, डविड मलान ०, देव खनाल १४ र सोहिल तन्विर ५ रनमा आउट भएका थिए । अर्जुन साउद ८ रनमा अविजित रहेका हुन् ।

बलिङमा लुम्बिनीका रुवेन ट्रम्पेल्मेनले सर्वाधिक ३ विकेट लिएका थिए । अभिषेश गौतम र गुल्बादिन नइबले २-२ विकेट लिएका हुन् ।