Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


कार्की नेतृत्वकाे सरकारविरूद्ध काठमाडाैंमा अनेरास्ववियुकाे मसाल जुलुस

आन्दोलनका कार्यक्रम अझै सशक्त रूपमा अघि बढाउने चेतावनी

2.5k
Shares

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले वर्तमान सरकारकाेविरुद्ध नयाँ बानेश्वरमा मसाल जुलुस निकालेकाे छ।

अनेरास्ववियुले वर्तमान अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको विरोध गर्दै बिहीबार साँझ मसाल जुलुस निकालेको हो। एमालेका नेता तथा कार्यकर्तामाथि योजनाबद्ध रूप सरकारले प्रतिबन्ध लगाएको र पूर्वघोषित कार्यक्रम केन्द्रित नेताहरूलाई सहभागी हुन विभिन्न षडयन्त्र गरेको भन्दै जुलुस निकालिएको अनेरास्ववियुले जनाएकाे छ।

अनेरास्ववियुले सरकार असंवैधानिक भएको र यो सरकारले विभिन्न संवैधानिक नियकमा हस्तक्षेप गरेर अराजक मच्चाएको आराेप लगाएकाे हाे। संविधानले कल्पना गरेको दलीय व्यवस्थामाथि नै प्रहार भएको र यस्ता गतिविधि सरकारले तत्काल अन्त्य नगरे आन्दोलनका कार्यक्रमहरू अझ सशक्त रूपमा अघि बढाउने अनेरास्वियुले चेतावनी समेत दिएको छ।