Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पाकिस्तान र इराकको जेलबाट साढे ५ सय बढी अफगानी कैदी जेलमुक्त


234
Shares

एजेन्सी। शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले गत हप्ता मात्रै पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५ सय ६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको जनाउकाे छ।

मन्त्रालयले बिहीबार रिहा गरिएका मध्ये दुई महिनासम्म पाकिस्तानी जेलमा रहेका ५ सय १७ जना अफगान कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै घर फर्केको जानकारी गराएकाे हाे। इराकमा ६ देखि ९ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएको मन्त्रालयले जारी गरेकाेविज्ञप्तिमा उल्लेख गरिएकाे छ।

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १० हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा बन्दी बनाइएका छन्। उनीनीहरु मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए।