Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


काभ्रेमा पैदल यात्रीको मृत्युपछि अरनिको राजमार्ग अवरूद्ध


364
Shares

काठमाडाैं। काभ्रेकाे पाँचखालमा बसको ठक्करबाट एक जना पैदलयात्रीको मत्यु भएको छ।

अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–४ पाँचखालस्थित सडक छेउमा पैदल हिँडिरहेका स्थानीय ६५ वर्षका दिलबहादुर श्रेष्ठलाई बसले बिहीबार बिहान ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो । सिन्धुपाल्चोकको चौताराबाट काठमाडौंतर्फ आउँदै गरेको अरनिको यातायातको बा २ ख ६५७९ नम्बारको बसले पैदल यात्री श्रेष्ठलाई ठक्कर दिएको थियो।

स्थानीयका अनुसार बिहीबार बिहान ८ बजे बसेले ठक्कर दिएपछि गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा १२ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको छ। यसैबीच, उपचारका क्रममा श्रेष्ठको मृत्यु भएपछि आफन्तले चालकलाई कारबाही तथा क्षतिपूर्तिको माग गर्दै अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । घटनापछि चालक फरार भएपछि ठक्कर दिने बसलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याइएको र फरार चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

पाँचखाल नगरपालिकाले पीडितलाई क्षतिपूर्ति तथा अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएकाे हाे।