Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


मधेस प्रदेशका सभामुख पदमुक्त


0
Shares

काठमाडौं ।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनु भएको छ ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्धको पद अनुकुल आचरण नगरेको प्रश्ताव दुई तिहाइ बहुमतले पारित भएसँगै पदमुक्त हुनुभएको हो ।

बुधवार बसेको मधेस प्रदेश सभाको बैठकले सो प्रश्ताव उपर छलफल गर्दै मत विभाजन प्रक्रियामार्फत दुई तिहाइ बहुमतले पारित गरेको हो । यो सँगै उनी पदमुक्त भएका छन् ।

प्रश्तावको पक्षमा ७६ मत परेको उल्लेख गर्दै उपसभामुख बबिताकुमार राउतले प्रदेश सभा बैठकमा पदमुक्त भएको घोषणा गरेकी हुन् ।

गत २७ कात्तिकमा सभामुख मण्डलमाथि पद अनुकूल आचरण नगरेको भन्दै सात दलीय गठबन्धनका ६४ जना प्रदेश सांसदहरूले प्रस्ताव दर्ता गराएका थिए । सो प्रश्ताव उपर आज छलफलका लागि उपसभामुख ईशरको निर्देशनमा बैठक आह्वान गर्नुभएको थियो ।

Skip This