Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै


0
Shares

काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक दिउँसो २ बजेका लागि बाेलाइएकाे हाे । असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

यसअघि सोमबारलाई राखिएको बैठक स्थगित गरेर आजका लागि सारिएको थियो । चुनावअघि महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा नेताहरूबीच मतभेद कायमै छ । यसबारे सहमति हुन नसक्दा बैठक सरेको सर्यै भएको हो ।

पार्टीमा महामन्त्रीद्वयले निर्वाचन अघि महाधिवेशन हुनुपर्ने अडान राख्दै आउनुभएको छ । संस्थापन पक्षले भने निर्वाचन पछि मात्र महाधिवेशन भन्दै आएकाले यो विषय पेचिलो बनेको छ । अहिलेसम्म पनि यसमा सहमति भैनसकेको नेताहरुले बताएका छन् ।

कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताले हिजो मात्र पत्रकार सम्मेलन गरी केन्द्रीय कार्यसमिति बैठकबाटै विशेष महाधिवेशनको मिति र स्थान तोक्न आग्रह गरेका छन् ।

उनीहरुले विधानअनुसार अगामी पुस २८ गतेभित्र भित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेका छन् ।