Logo ४ मंसिर २०८२, बिहिबार | Thu Nov 20 2025


अमेरिकी सेनाका उच्च अधिकारी युक्रेनमा


416
Shares

कठमाडौं ।


अमेरिकी सेनाका उच्च अधिकारी युक्रेन भ्रमणमा पुगेका छन् ।

रुस–युक्रेन युद्ध अन्त्यको उपायबारे छलफल गर्न पेन्टागनका उच्च अधिकारी किभ पुगेका हुन् । अमेरिकी सेनाका सचिव डान ड्रिस्कोलले नेतृत्व गरेको टोलीले आज युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ ।

जेलेन्स्की आफ्नो टर्की भ्रमण सकाएर आजै युक्रेन फर्कदैछन् । युद्ध अन्त्यका लागि अमेरिका र रुसले एउटा शान्ति योजना तयार पारेको चर्चा चुलिएको बेला अमेरीकी उच्च सैन्य अधिकारी युक्रेन पुगेका हुन् ।

उक्त योजनामा रुसी नियन्त्रणमा रहेको युक्रेनको महत्वपूर्ण भू-भाग युक्रेनले छाड्नुपर्ने बुँदा समेटिएको बताइएको छ ।