Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


सरकार र बञ्चरेडाँडामा स्थानीयबीचकाे वार्ता निष्कर्ष विहीन

नयाँ माग थप्दै जाने भएमा आफू हात उठाउन बाध्य हुने ऊर्जामन्त्री घिसिङको चेतावनी

3.7k
Shares

काठमाडौं । सरकारले नुवाकाेटकाे बञ्चरैडाँडामा स्थानीयवासीसँग गरेकाे वार्ता विना निष्कर्ष टुंगिएको छ।

स्थानीयले काठमाडौंबाट बुधबारदेखि फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गर्नुभएकाे हाे। सहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका पदाधिकारी र स्थानीय बासीन्दाको प्रतिनिधिका रूपमा अधिवक्ता सुवास पाठकको सहभागिता थियो।

विगतमा गरिएका अधिकांश सहमति कार्यान्वयनमा गइसकेका र पूरक वातावरणीय प्रभाव मूल्यांकनपछि प्रभावित क्षेत्रको यकिन भएपछि ल्याण्डफिल्डका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु हुने उल्लेख गर्दै मन्त्री घिसिङले विभिन्न माग राखेर पटक–पटक फोहाेर लैजान अवरोध गर्दा नराम्रो सन्देश जाने बताउनुभयाे । आन्दोलनका कार्यक्रम फिर्ता लिन समेत उहाँले आग्रह गर्नुभयाे।

त्यसपछि मन्त्री घिसिङले माग सम्बोधन गर्न आफूहरू हदैसम्मको लचक भएको बताउनुभयाे । तर एकपछि अर्को नयाँ माग थप्दै जाने हो भने महानगर र स्थानीयबीचको विषयबाट आफूहरू हात उठाउन बाध्य हुने उहाँले चेतावनी समेत दिनुभएकाे छ।