Logo २२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026


एनपीएल क्रिकेटमा सुदूरपश्चिम रोयल्स विजयी

काठमाडौं गोर्खाज भने २९ रनले पराजित

390
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई पराजित गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार साँझ सम्पन्न भएकाे खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई २९ रनले पराजित गरेकाे हाे। साेही खेलमा टस जितेर १ सय ४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय १८ रन मात्रै बनाएकाे छ।

सुदूरपश्चिमले यस सिजनको पहिलो खेलमा जित नेकालेको हाे। काठमाडौंले भने यस सिजनमा एक हार र एक जिते निकालेको छ। उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो। काठमाडौंलाई लक्ष्य अगावै रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण २ विकेट लिएका थिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिएका हुन् ।

हेमन्तले बेनलाई दोस्रो ओभरको पहिलो बल र भीमलाई तीन ओभरको चौथो बलमा आउट गरेका थिए ।हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबै भन्दा बढी बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराएका थिए । हर्मितले मोहम्मद आदिल आलमलाई पनि आउट गराएका हुन् ।

इसान पाण्डेले काठमाडौंका दोस्रो ठूलो रन जोड्ने जोन सिम्पसनलाई आउट गराएका थिए ।