एजेन्सी। भियतनामको ‘खान हो’प्रान्तमा बाढी र पहिरोका कारण १० जनाको मृत्यु भएकाे छ।
साेही पहिराेमा परी अन्य २ जना बेपत्ता भएको बुधबार स्थानीय मिडियाहरुले जनाएका हुन् । ‘खान हो’ प्रान्तका १४ वटा कम्युन र वार्डमा करिब ९ हजार घरहरू डुबानमा परेका छन्। साथै पहाडी क्षेत्रमा गएको ठूलो पहिरोका कारण यातायात अवरुद्ध भएकाले प्रभावित क्षेत्रका जनताको उद्धार तथा सुरक्षालाई खतरामा पारेको जनाइएको छ।
बुधबारसम्म बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ५ सय भन्दा बढी बासीन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्