Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


रूसी सेनाले पश्चिमी युक्रेनमा आक्रमण गर्दा ९ जनाको मृत्यु, दर्जनौं घाइते


325
Shares

एजेन्सी । रूसी सेनाले पश्चिमी युक्रेनको टेर्नोपिलमा बुधबार आक्रमण गर्दा ९ जनाको मृत्यु भएको छ।

सोही आक्रमणमा परी दर्जनौं घाइते भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको हो। उहाँले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो समेत प्रकाशित गर्नुभएको छ। ‘मानिसहरू भग्नावशेषमुनि फसेका हुनसक्ने समेत उहाँले उल्लेख गर्नुभएको हो।

मस्कोले पछिल्लो समयमा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूले तीव्र आक्रमण गरिरहेको छ। पछिल्लो आक्रमणको लहरमा रूसले ४ सय ७० भन्दा बढी स्ट्राइक ड्रोन र विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रक्षेपण गरेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो।

आक्रमणले उत्तरपूर्वी क्षेत्र खार्किव र पश्चिमी क्षेत्र इभानो–फ्रान्किभस्कमा मानिसहरूलाई घाइते बनाएको स्थानीय अधिकारीहरूले समेत बताएका हुन् ।