Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


नयाँ बसपार्कमा पार्किङ गरिराखेको बसमा आगलागी


195
Shares

काठमाडौं । वीरगन्जको नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ ।

जम जम लेखिएको ना ५ ख ६२१६ र ना ५ ख ६२१७ नम्बरको बसमा आगलागी भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको अग्नी नियन्त्रक टोलीले दमकलको सहयोगमा आगो निभाएको थियो।

‘४र५ महिनादेखि रोकिराखेको दुई वटा बसमा राति पौने १ बजेतिर आगलागी भएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।