काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनमा सहभागी हुन दलहरूलाई अपिल गर्ने उद्देश्यले आज निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलका नेताहरूसँग संयुक्त छलफल गर्ने लाग्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजे छलफलको लागि बोलाइएको हो ।
आगामी फागुन २१ गते हुने भनिएको चुनावका लागि दलहरु दर्ताको प्रक्रिया चलिरहेको बेला प्रधानमन्त्रीले सबै दललाई चुनावमा सहभागिताका लागि आह्वान गर्न यो संयुक्त छलफल गर्न लागेकाे उहाँको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री कार्कीले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग र जेनजी (युवा)का प्रतिनिधिहरूसँग पनि छुट्टाछुट्टै छलफल गरिसक्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगमा दर्ता भएका दलका नेताहरुको बैठक




प्रतिक्रिया दिनुहोस्