Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


आजकाे माैसम : यी प्रदेशमा हल्का बर्षा र हिमपातकाे सम्भावना


286
Shares

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको छ।