Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


संसद विघटनविरूद्ध पार्टीले कानूनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने: अध्यक्ष ओली

गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जाेड

182
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटनविरुद्ध आफ्नो पार्टीले कानूनी उपचार र शान्तिपूर्ण संघर्षको बाटो रोज्ने बताउनुभएकाे छ।

विघटित प्रतिनिधि सभाका एमाले सम्बद्ध सदस्यहरूको मंगलबार बसेकाे बैठकमा बाेल्दै उहाँले यस्ताे बताउनुभउकाे हाे। संसद पुनर्स्थापनाबाट राजनीतिक निकास दिनुपर्ने भएका कारण आफूहरू पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट लिएर जाने बताउनुभयाे।

बैठकमा सोही पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संकटको अवस्थामा एमालेको भूमिका नै देशको भविष्यमा निहित छ भन्ने सबैले बुझ्नुपर्नेमा जोड दिनुभएकाे छ। पार्टीका महासचिव शंकर पोखरेलले गत भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयाे।

साेही बैठकमा छलफल जारी रहेकाे छ।