काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १५ दशमलव ७० अंकले बढेको छ।
४ अर्ब १० करोड ५४ लाख ६ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २ हजार ५ सय ६६ दशमलव ०७ अंकमा पुगेको हो। नेप्से बढ्दा २ सय ७ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ४४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे हाे । तर, ५ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेकाे छ।
सागर डिस्टिलरीको सेयर बिक्री कर्ताले सबै भन्दा बढी नाफा आर्जन गरेका छन् । एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २ हजार ९१ को बिक्री कर्ताले सबै भन्दा बढी गुमाएका हुन्। नेप्सेमा अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा सबै समूहको उपसूचक हरियाली भएको नेप्सेले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्