काठमाडौं। दोस्रो संस्करणको नेपाली प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोज विजयी भएकाे छ।
चितवन कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा ४ विकेटले विजयी भएको हाे। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएकाे खेलमा टस जितेर कर्णालीले बनाएको १ सय ७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले १० ओभरमा १ बलमा ६ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको हो।
चौथो ओभरको पहिलो बलमा डेविड मलान र यही ओभरको पाँचौ बलमा ब्याटर देव खनाल आउट भएपछि चितवनको ब्याटिङ दबाबमा गएको थियो । तथापि ओपनर दीपक बोहोराले ९ ओभरको दोस्रो बलसम्म ओपनर दीपक खड्काले ब्याटिङ सम्हालेका थिए । खड्का ३६ बलमा ६ चौका १ छक्काको सहयोगमा ४२ रन जोडेर आउट भएका हुन्।




प्रतिक्रिया दिनुहोस्