Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न प्रशासनकाे अनुमति


390
Shares

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

प्रशासनले सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रसाईलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हाे। प्रहरीले सोमबार मध्यरातमा भक्तपुरस्थित निवासबाट प्रसाईलाई पक्राउ गरेकाे थियाे।

म्याद थपका लागि प्रसाईलाई मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय हुँदै प्रशासन कार्यालय लगिएको थियो । सोही क्रममा प्रसाईले आफूलाई कुन मुद्दामा पक्राउ गरिएको भन्ने जानकारी नभएको बताएका छन्। राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने आन्दोलन घोषणा गरेका प्रसाईलाई भड्काउपूर्ण अभिव्यक्ति दिएर सार्वजनिक शान्ति भंग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

प्रसाईलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले प्रशासन कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए ।