काठमाडौं।
नेपाली बजारमा मंगलबार सुनको मूल्य ३ हजार ८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको जनाएकाे हाे। सोमबार सुन प्रतितोला सुन २ लाख ४३ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे।
त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार ओरालो लागेको छ। मंगलबार प्रतितोला चाँदी ३ हजार ९० रुपैयाँमा कारेाबार भइरहेकाे हाे । सोमबार सोही परिमाणको चाँदी ३ हजार १ सय ५५ रुपैयाँमा खरिद बिक्री भएको महासंघले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्