Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर फाल्दैन: महासचिव पोखरेल

अन्य राजनीतिक दलले पनि जेनजी पुस्ता रिसाउलान् भनेर चुनाव–चुनाव भनेकाे तर्क

234
Shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने बताउनुभएकाे छ।

प्रेस चौतारी रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अन्तर्क्रियामा बाेल्दै महासचिव पोखरेलले एमाले चुनावबाट भाग्ने पार्टी नभएको दावी गर्नुभएकाे हाे। तर नहुने चुनावको पैरवी गरेर एमालेले समय खेर नफाल्ने उहाँकाे भनाइ छ। वर्तमान सरकारको क्रियाकलाप चुनावप्रति केन्द्रित नरहेको उहाँकाे तर्क थियाे।

निर्वाचन आयोगले मात्रै चुनावको कुरा गरेर चुनाव नहुने बताउदै महासचिव पोखरेलले सरकार पनि गम्भीर हुनुपर्नेमा जाेड दिनुभयाे।अन्य राजनीतिक दलहरूले पनि जेनजी पुस्ता रिसाउलान् भनेर चुनाव–चुनाव भनिरहेको उहाँको भनाइ छ।

नेपाल प्रहरीको मनोबल उच्च नबनाएसम्म चुनावको वातावरण बन्न नसक्ने उहाँकाे जिकिर थियाे। महासचिव पोखरेलले प्रतिनिधिसभाको पुनर्स्थापनाको एजेन्डासहित एमाले अहिले जनतामाझ गइरहेको बताउनुभयाे।