Logo २६ माघ २०८२, सोमबार | Tue Feb 10 2026


त्रिवि क्रिकेट मैदानमा दर्शकको उल्लास


143
Shares

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण साेमबारदेखि शुरु भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबारदेखि शुरु भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंकै टोली काठमाण्डु गोर्खाजबीच प्रतिस्पर्धा जारी रहेकाे हाे। प्रधानमन्त्री सुशीला कार्कीले साेही खेलको उद्घाटन गर्नुभएकाे थियाे। हेलिकाेप्टरबाट पुष्पवृष्टि गराएर खेल उद्घाटन गराइएको थियो।

पहिलो खेलका हेर्नका लागि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेकाे छ। एनपीएलको यो सिजनमा साेमबबार पहिलो पटक फ्लडलाइट बालेर खेल हुँदैछ। नेपाली क्रिकेट इतिहासमा पहिलो पटक फ्लडलाइट बालेर खेल हुन लागेको हो। गत संस्करण सामान्य स्तरको मैदानमा भएको थियो भने यसपटक १० हजार दर्शक क्षमताको प्यारापिट र ६ वटा फ्लडलाइटहरू जडान भएका छन् ।

गत संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।त्यस्तै, काठमान्डु गोर्खाज गत संस्करण पाँचौँ स्थानमा रहेर लिग चरण सकाएको थियो।

Skip This