Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


जेनजी युवालाई गाउँ फर्किन शिक्षामन्त्री पुनकाे आग्रह

'जेनजी युवाका सबै माग पूरा गर्न सक्दिंन, आगामी निर्वाचनपछि आफ्नै सरकार बनाए पूरा गर'

221
Shares

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी युवाहरुलाई गाउँ फर्किन आग्रह गर्नुभएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा साेमबार जेनजी २.० ले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो। कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमा रहेको बताउदै उहाँले अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गर्नुभयो। उहाँलेआफैं निर्वाचनमा भाग लिएर जितेर आएर मागहरु पूरा गर्न आग्रह गर्नुभएकाे छ। मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पूरा नहुने बताउदै उहाँले आफैं गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाइ माग पूरा गर्न आग्रह गर्नुभयो। केही मागहरु पनि विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ।

उहाँले भन्नुभयो,-‘अब यो तिमीहरुको सबै माग पूरा गर्ने हो भने तिमीहरु आफैं चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैंले गर्ने । यो भन्दा अर्को उपाय छैन । यहाँ क्यामेरा तेर्साएर बस्ने होइन । यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफैं गाउँ गाउँमा जाने हो । तिमीहरुको माग मात्रै पूरा गरेर हुन्छ, मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ । अब जेनजीका भाइ-बहिनीहरु काठमाडौं बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरु ल्याउने र यस्ता किसिमका मागहरु पूरा गर्ने । केही मागहरु विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिंदैन।’

जेनजी २.० ले १६ वर्षको उमेरमा एसईई पास गरी सीटीईभीटीमा पढेर देश-विदेशमा काम गरी जीविका चलाउन तथा देश विकाशमा योगदान गर्न चाहाने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरुको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ। विद्यार्थीका मागहरु समयमा पूरा नगरे त्यस पछिको अवस्थाको जिम्मेवारी सीटीइभीटीको हुने पत्रमा उल्लेख गरिएकाे छ।

यसै वर्ष सीटीईभीटीको छनाेट प्रक्रिया पूरा गरी स्टाफ नर्स पढ्न चाहेका १० हजार विद्यार्थीलाई स्टाफ नर्स पढ्ने व्यवस्था गर्न जेनजी युवाकाे माग छ।