Logo २९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025


महिलालाई आत्मरक्षासम्बन्धी सीप सिकाइने


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असोज ६ । महिलालाई आत्मरक्षासम्बन्धी सीप सिकाइने भएको छ ।

राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालले प्रदेश नम्बर–७ बाट यस्तो सीप सिकाउने अभियानको सुरुआत गर्न लागेको हो ।

यही असोज २० गतेदेखि धनगढीमा आत्मरक्षासम्बन्धी शिविरको आयोजना गरेर एक हजारजना किशोरी तथा महिलालाई सीप प्रदान गरिने शनिबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।

धनगढी उपमहानगरपालिका, ओरेक नेपाल, कमैया प्रथा उन्मूलन समाज, युवा शान्ति परिषद र क्रियाशील महिला पत्रकारको संयुक्त समन्वयमा एक हप्तासम्म शिविर सन्चालन गरिने जनाइएको छ ।

धनगढी रंगशालामा हुने उक्त शिविरले महिलामा आत्मरक्षासम्बन्धी सीप विकासका साथै आत्मबल बढाउने आयोजकको दाबी छ ।

पछिल्लो समय महिला हिंसाका घटना बढेको भन्दै राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका महासचिव प्रकाशकुमार चन्दले यस्तो शिविर आयोजना गरिएको बताए ।

उनले यसले महिलालाई हिंसाबाट कसरी बच्ने भन्ने सीप प्राप्त हुने बताए ।

कोहीसँग लड्नका लागि नभइ समस्या आइपरेका बेलामा महिलालाई आत्मसुरक्षाका लागि सीप प्रदान गरिने उनको भनाइ छ ।