Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


नेपाली कम्युनिस्ट पार्टीले पनि आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्याे


533
Shares

काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ।

नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोगमा साेमबार पुगेर आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दल दर्ता गराएको हो। तत्कालीन नेकपा माओवादी केन्द्र र नेकबपा एकीकृत समाजवादी लगायतका दल मिलेर गत कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।

प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि यहि मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय निर्धारण गरेको आयोगले जनाएकाे हाे।