Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


संसद पुन:स्थापनापछि पार्टी अध्यक्ष ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार: खगराज अधिकारी


1.6k
Shares

काठमाडाैं। नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले प्रतिनिधिसभा पुन:स्थापनापछि अध्यक्ष केपी ओली प्रधानमन्त्री नबन्ने ग्यारेण्टी दिन एमाले तयार रहेको बताउनुभएकाे छ।

जनकपुरधाम विमानस्थलमा साेमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। तर निर्वाचनका लागि निष्पक्ष सरकार बन्नु आवश्यक रहेकाे उहाँकाे भनाइ छ। प्रतिनिधिसभा पुनस्स्थापना गरेर संविधान संशोधन गरी प्रतिनिधिसभामा प्रतिनिधित्व नगरेको व्यक्ति पनि छोटो समयका लागि प्रधानमन्त्री बन्न सक्ने प्रावधान ल्याएर निष्पक्ष सरकार निर्माण अहिलेको आवश्यक्ता रहेको उनको तर्क थियाे।

नेता अधिकारीले सुशीला कार्की नेतृत्वकाे सरकारले चुनाव गराउने विषयमा विश्वास गर्ने कुनै सम्भावना नरहेको दावी गर्नुभएकाे छ। जेनजी आन्दोलनको क्रममा अपराधीहरू जेलबाट फरार भएको र हतियारहरू लुटिएका कारण अहिले पनि भय र त्रास रहेको उहाँकाे भनाइ छ।