Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


अनेरास्ववियुका अध्यक्ष कडरियाको राजीनामा स्वीकृत


1.1k
Shares

काठमाडौं। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले अध्यक्ष सुजन कडरियाको राजीनामा स्वीकृत गरेको छ।

नेपाल कमर्स क्याम्पसमा साेमबार बसेको बैठकले कडरियाको राजीनामा स्वीकृत गर्दै महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको अनेरास्ववियुले जनाएकाे हाे। बैठकले उपाध्यक्ष अञ्जना शिवाकोटीलाई महासचिव र विकास श्रेष्ठलाई उपाध्यक्ष कायम राख्ने निर्णय पनि गरेको छ। जेनजी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा दिनुभएकाे थियाे।

पदाधिकारीको निर्णय सचिवालय हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गर्नुपर्ने हुन्छ। सचिवालयकाे बैठक यहि मंसिर ४ गते बस्ने गरी बोलाएको अनेरास्ववियुले जनाएकाे हाे।