एजेन्सी। स्थानीय अदालतले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मानवताविरुद्धको अपराध गरेको ठहर गरेको छ।
अदालतले गत वर्ष आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन दबाउन हसिनाले राज्यका निकायलाई निर्देशन दिएको ठहर समेत गरेको हाे। अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)मा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाइँदैछ। न्यायाधीश गुलाम मुर्तजाको नेतृत्वमा रहेको इजलासमा न्यायाधीशहरू मोहम्मद शफीउल आलम महमुद र मोहम्मद मोहितुल हक एनाम चौधरी सदस्य रहेकाे छन् ।
तीन सदस्यीय इजलासले साेमबार तत्कालीन प्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको छ । हसिनाले प्रदर्शनकारीमाथि हेलिकोप्टरबाट बम खसाल्न आदेश दिएको समेत इजलासले ठहर गरेको हाे। इजलासमा हसिनाविरुद्धको मुद्दाको फैसला सुनाउने क्रम जारी रहेकाे छ। हसिनाविरुद्धको सजाय भने निर्धारण हुन बाँकी रहेकाे छ ।
फैसलाको अन्तिममा न्यायाधीशले सजाय निर्धारणको विवरण सुनाउने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्