Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


जेनजी आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही हुनैपर्छ : अध्यक्ष ढकाल


104
Shares

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेन–जी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको बताउनुभएको छ ।

राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गर्नुभएको हो । उहाँले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको स्मरण गराउँदै आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताउनुभयो ।

सरकारले निजी क्षेत्रको सम्पतीको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उहाँको भनाइ छ । महासंघ अध्यक्ष ढकालले भन्नुभयो–‘जेन-जीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो ।

सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारितै गरेको अवस्था थयो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो ।

वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ । गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । तब मात्र आम निजी क्षेत्रको मनोबल उच्च हुनेछ । आन्दोलनको सही उद्देश्य र जुन एउटा आन्दोलन जुन हिसावले भएको थियो त्यसमा गलत तत्वको जुन प्रवेश गरेर जुन व्यक्तिगत तहमा उत्रेर उद्योग व्यवसायहरु, व्यक्तिगत सम्पत्ति, घर लगायत क्षति भयो । यो गलत छ ।

सरकारले सुरक्षा दिन नसक्ने हो भने वास्तवमा आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपेठहरु हुनेछन् । व्यक्ति, व्यवसायीको कन्फिडेन्स लुज हुनेछ । त्यसै गरेर म यहाँ के भन्न चाहन्छु भने वास्तवमा यो आन्दोलनको बेलामा गलत घुसपेठको कारणबाट भएको तोडफोड आगजनी र नोक्सानी भयो र व्यवसायीहरुलाई जुन एउटा सहुलियत दिनको लागि अर्थमन्त्रालयले छोटो समयमा काम गरेको छ, यो प्रभावबारी छ ।’

अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा उहाँले प्रशंसा समेत गर्नुभयो । ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गर्नुभयो ।

उहाँकाअनुसार ११ खरब भन्दा बढी बैंकमा लगानीयोग्य रकम जम्मा भएको छ । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । उनीहरुको लागत बढेको छ ।

उहाँले धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आइपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी समेत जनाउनु भयो । उहाँले धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीलाई आग्रह गर्नुभयो ।