Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


कांग्रेस बैठक स्थगित


403
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले आज बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक फेरी स्थगित गरेको छ ।

आज स्थगित गरिएको बैठक मंसिर ४ गतेका लागि बोलाइएको छ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थित हुन भनिएको छ ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने बहस जारी छ । यो बहसकाबीच कांग्रेसले निर्णय लिन सकेको छैन । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २८ बाट सुरु भएको थियो ।