Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


कोरिया ईपीएस भाषा परीक्षा आजदेखि सुरु


364
Shares

काठमाडौं ।
रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जान इच्छुक नेपालीको भाषा परीक्षा आजदेखि सुरु भएको छ ।

पहिलो चरणमा उत्पादन क्षेत्रमा आवेदन दिएका ६७ हजार जनाको परीक्षा हुँदैछ। सन् २०२५ का लागि कुल एक लाख २ हजार ५१५ जनाले ईपीएस अन्तर्गत आवेदन दिएका छन्, जसमा उत्पादन क्षेत्रलाई प्राथमिकता दिँदै परीक्षा थालिएको हो।

दोस्रो चरणमा कृषि तथा पशुपालन क्षेत्रमा आवेदन दिएका ३५ हजार जनाको परीक्षा लिइनेछ। रोस्टरमा परेका युवाले आफूहरूलाई पहिले लैजान माग गर्दै परीक्षा स्थगनको आग्रह गरे पनि निर्धारित मितिमै परीक्षा सुरु गरिएको हो।

दुई महिनाभित्र सबै परीक्षा सक्ने लक्ष्य रहेको ईपीएस शाखाले जनाएको छ। दक्षिण कोरिया, १७ ईपीएस सदस्य देशमध्ये नेपालबाट सबैभन्दा धेरै श्रमिक भर्ना गर्ने देश हो।

Skip This