Logo १ मंसिर २०८२, सोमबार | Mon Nov 17 2025


नेपाल प्रिमियर लिग आजदेखि सुरु : पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै


1.2k
Shares

काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ।

उद्घाटन दिन साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच दिउँसो ४ बजे पहिलो प्रतिस्पर्धा हुनेछ।

यस वर्षका सबै खेल दिउँसो र राति गरी त्रिवि मैदानमै आयोजना गरिने छन्। क्यानले दैनिक ९,४५० टिकट मात्र बिक्री गर्ने बताएको छ भने उद्घाटन खेलको टिकट तीन दिनअगाडि नै सकिएको छ। क्यानका सचिव पारस खड्काले धेरै दर्शक क्षमता नभएकाले भर्खरै टिकट नपाएका समर्थकलाई घरमै बसेर खेल हेर्न आग्रह गरेका छन्।

मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपिएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्। शनिबारका लागि साधारण टिकट ५०० रुपैयाँ र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ। लिग तथा अन्य दिनका खेलमा टिकटदर ५०० र १,००० रुपैयाँ रहनेछ। प्लेअफपछि साधारण टिकट १,००० र प्रिमियम २,००० रुपैयाँ हुनेछ। सिजनल टिकटको मूल्य १५,००० रुपैयाँ तोकिएको छ।

यस पटक जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रतियोगिताको दोस्रो दिन मंगलबार पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा हुनेछन्।